राप्रपा संयुक्तले वैधानिकता पायो
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तलाई निर्वाचन आयोगले औपचारिक रुपमा वैधानिकता प्रदान गरेको छ ।
राप्रपा संयुक्तलाई आयोगले मान्यता दिएको दुई अध्यक्ष पशुपति समशेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनीले आज पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएका हुन् । राप्रपा संयुक्तले निर्वाचन चिन्ह भने चाहेअनुसार नै ‘हलो’ पाएको छ । यस दलको मुख्य एजेन्डा हिन्दु राष्ट्र कायम गर्नु र आलाङकारिक भएपनि राजसंस्था पुन: फर्काउनु रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लोहनीले वर्तमान राष्ट्रप्रमुखको भुमिका निश्पक्ष नभएकोले सेरेमोनियल राजसंस्थाको पक्षमा आफुहरु उभिएको बताए। अध्यक्ष जबराले नेपाललाई अधिनायकवाद तर्फको यात्रा बाट रोक्न सबैलाई एकता र सहकार्यका लागि आव्हान समेत गरे ।