केपी कमरेड अब ‘केपी बा’, प्यारो बन्न ७० वर्षकाले पनि ‘केपी बा’ भनेर ढोग्छन्
काठमाडौं । राजनीतिक सम्बन्धलाई वैयक्तिकरण गर्ने र त्यसआधारमा निरन्तर लाभ लिइरहने प्रवृत्ति शुरु भयो, नेपाली कांग्रेसबाट । त्यही चलन कम्युनिष्ट पार्टीमा पनि सरेपछि अहिले नेकपाका कार्यकर्ताहरु कमरेडबाट झरेर बा, आमा, दाई, दिदीमा पुगेका छन् ।
योसँगै अवसरको न्यायोचित वितरण प्रभावित भएको छ । पहिलेदेखि नै नेकपा अध्यक्ष केपी ओलीनिकट मानिने केन्द्रीय सदस्य, सांसद तथा प्रदेश २ नम्बर प्रदेशका सचिव सुमन प्याकुरेलले नै संसदीय दलका उपनेता सुवाष नेम्वाङसामु गुनासो पोख्दै भने, ‘यो त हद भयो । अरु त अरु सत्तरी हाराहारीका सत्यनारायण मण्डल उमेर, अनुभवले पनि सिनियर नेता । उनले पनि केपी ओलीलाई ‘बा’भनेर ढोग्ने गर्दा रहेछन् ।
सांसद महेश बस्नेतदेखि युवासंघका उपाध्यक्ष किरण पौडेल, सांसद निरु पाल, मुस्लिम आयोगमा गएका समिम मियाँ अन्सारी, कोमल ओली, शर्मिला ढकाल, वीरगञ्जकी निर्मला देवकोटा, इजरायलमा राजदूत अञ्जान शाक्य, खेलकुदका उपाध्यक्ष पीताम्बर तिम्सिनाहरुले पनि अध्यक्षलाई बा भन्दै ढोग्ने । राज्यले सम्माननीय प्रधानमन्त्रीको दर्जा दिएको व्यक्तिलाई अर्काका छोराछोरीले बा भन्दै किन ढोग्छन् ?
जनआस्था साप्ताहिकबाट साभार ।