राजनीति

सगरमाथा मापनमा जाने टोलीको बिदाइ गर्दै प्रधानमन्त्रीले भने : आधिकारिक परिणाम लिएर आउनूहोस्

सगरमाथा मापनमा जाने टोलीको बिदाइ गर्दै प्रधानमन्त्रीले भने : आधिकारिक परिणाम लिएर आउनूहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई बुधबार एक कार्यक्रम गरी बिदाइ गरेका छन् ।

बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले टोलीलाई माला र टीका लगाएर बिदाइ गर्नुभएको हो । उक्त टोलीमा नापी विभागका प्राविधिक कर्मचारीहरु खिमलाल गौतम, रविन कार्की, सुरजसिंह भण्डारी र युवराज धिताल छन् । पथपदर्शक छिरिङजाङ्बु शेर्पा, पेमाङिमा शेर्पा, आङपासाङ शेर्पा, आङ्बु शेर्पा र केशव पौडेललाई पनि बिदाइ गरिएको छ ।

प्रधानमन्त्री ओलीले उक्त अवसरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको मापन पहिलोपटक नेपालीले गर्न लागेको बताउँदै यस पटक परिणाम नै आधिकारिक हुने बताए । प्रधानमन्त्री ओलीले आरोहीहरूलाई सम्पूर्ण नेपालीको तर्फबाट शुभकामना व्यक्त गर्दै पथप्रर्दशकको निर्देशनअनुसार सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले आरोहणकार्य चुनौतीपूर्ण रहेकाले मौसम र स्वास्थ्यको अनुकूलतामा सावधानी अपनाएर अगाडि बढ्न आरोहण टोलीलाई सुझाव दिए ।

सगरमाथा केपी शर्मा ओली

विशेष