राजनीति

कर्मचारीतन्त्र पुरानै तर राजनीतिक प्रणाली नयाँ हुँदा अफ्ठ्यारो: प्रचण्ड

कर्मचारीतन्त्र पुरानै तर राजनीतिक प्रणाली नयाँ हुँदा अफ्ठ्यारो: प्रचण्ड

माडी। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको बाँकी काम अब छिट्टै टुङ्गिने बताएका छन् । चितवनको माडीमा पार्टीका अगुवा कार्यकर्तासँग अन्तर्क्रिया तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

स्थानीय नेता तथा कार्यकर्ताहरुले पार्टीको स्थिति र स्थानीय समस्याका बारेमा रिपोर्ट प्रस्तुत गरेको थिए । जवाफमा उनले भने, "माडीमा गुणात्मक प्रगति हुँदैछ भन्ने सुनाउन पाउँदा मलाई गर्व अनुभूति भएको छ । माडीको विकासका लागि रिङ रोड बनाउने, रिउ खोलामा तटबन्ध निर्माण गर्ने देखि सुकुम्बासी समस्या समाधानका लागि पहल भइरहेको छ ।"

उनले भने, "हाम्रो देशको कर्मचारीतन्त्र पुरानै तर राजनीतिक प्रणाली नयाँ भएको छ । पुरानै कर्मचारीतन्त्र राजनीतिक प्रणाली नयाँ, संविधान नयाँ तर ऐन नियमहरु पुराना हुँदा सरकारलाई निकै धेरै मिहेनत गर्नुपरेको छ । यहाँका जनप्रतिनिधि र पार्टी अध्यक्ष भएको नाताले मलाई पनि निकै मिहेनत गर्नुपरेको छ ।"

विशेष