खानेपानी मन्त्रीको विदेश भ्रमण मन्त्रिपरिषदद्वारा अस्वीकृत

काठमाडौं । मन्त्रिपरिषद् बैठकले खानेपानी मन्त्री बिना मगरको विदेश भ्रमण अस्वीकार गरेको छ । सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको खानेपानीसम्बन्धि अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागि हुन मन्त्री मगर जाने तयारी भए पनि मन्त्रिपरिषद् बैठकले उनको भ्रमण अस्वीकृत गरेको हो ।
मगरसँगै मन्त्रालयका सहसचिव तेजलाल भट्ट, खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास तथा मन्त्रालयका उपसचिव टोलराज उपाध्याय पनि कोस्तारिका भ्रमणमा जाने कार्यक्रम तय भएको थियो । मन्त्रीको विदेश भ्रमण किन रद्द भयो भन्नेबारेमा मन्त्रालयका उच्च कर्मचारी बोल्न चाहँदैनन् । सामान्यतया बहालबाला मन्त्रीको विदेश भ्रमण प्रस्ताव मन्त्रिपरिषद्ले अस्वीकार गर्दैन। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।
मन्त्रिपरिषद् बैठक विदेश भ्रमण मन्त्री बिना मगर