राजनीति

सम्झौतापछि सिके राउतको पहिलो सम्बोधन, निशानामा मधेशी नेता

सम्झौतापछि सिके राउतको पहिलो सम्बोधन, निशानामा मधेशी नेता

मिर्चैया। जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले मधेशकेन्द्रित दलको दिन समाप्त भएको अभिव्यक्ति दिएका छन् ।

सिरहाको मिर्चैया नगरपालिकामा आयोजित पार्टी पहिलो आमसभालाई सम्बोधन गर्दै अध्यक्ष राउत मधेशकेन्द्रित दल तथा प्रदेश सरकारमाथि आक्रामक रुपमा प्रस्तुत भएका छन् । मधेशकेन्द्रित दलहरुको कमाइखाने पसल बन्द हुन थालेको थाहा पाएपछि मधेशी जनतालाई भ्रममा पारेको आरोप लगाउदै उनले भने, "कसैको पसल त कसैको ठेकेदारी बन्द हुन लागेको छ । त्यसैले उनीहरु जनतामा भ्रम फैलाउँदै हिडेका छन् ।"

आफुले सरकारसँग नभइ सरकारले आफुसँग सम्झौता गरेकोले त्यो आफ्नो विजय भएको दाबी गर्दै उनले मधेशकेन्द्रित नेताहरुमा त्यसबारे सोधखबर  लिने औकात नभएको बताए । मधेशी जनतालाई अधिकार दिलाउनका लागि आफ्ना केही कार्यकर्ताले सहादत प्राप्त गरेको र आवश्यक परे अरु पनि तयार रहेको बताए ।

उनले सप्तरीको मलेठ घटनाको स्मरण गर्दै उक्त घटनाको बेला सरकारमा रहेका मधेसकेन्द्रित दलले सरकार नछोडी मधेशी जनताको हत्यामा रमाएको आरोप लगाए ।

विशेष