विचित्र विश्व

फुटबल ग्राउन्ड जत्रो पंखा भएको जहाज

फुटबल ग्राउन्ड जत्रो पंखा भएको जहाज

अमेरिकाले विश्वकै सर्वाधिक ठूलो विमानको सफल परीक्षण उडान गरेको छ । शनिबार क्यालिफोर्निको मोजावे मरुभूमिमाथि आकाशमा जुम्ल्याहा विमान परीक्षण गरिएको हो ।

हेर्दा दुईवटा लाग्ने यो विमान एउटै हो । परीक्षणका क्रममा विमान १७ हजार फिटको उचाई र १७० माईल प्रतिघण्टाका दरमा उडेको थियो । यो जहाज यति भीमकाय छ कि यसको पखेटा फुटबल मैदानभन्दा ठूलो छ । नाप गर्ने हो भने ३ सय ८५ फिट बढी छ । जसमा ७४७ बोइङका ६ वटा ईन्जिन प्रयोग भएको छ । 

 भूउपग्रहमा छोडिने रकेटको उडान मद्दतका लागि निर्मित यो जहाज स्केल्ड कम्पोजिट्स इन्जिनीयरिङ नामको अमेरिकी कम्पनीले बनाएको हो । 


 

विमान परीक्षण

विशेष