राजनीति

कांग्रेसको नजरमा सरकार : कर्मभन्दा हल्लै बढी

कांग्रेसको नजरमा सरकार : कर्मभन्दा हल्लै बढी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शक्ति विकेन्द्रीकरण र संघीयताको सफल कार्यान्वयनका सन्दर्भमा वर्ष २०७५ मा सरकार असफल भएको र गत वर्षमा सरकारले कर्मभन्दा हल्लै बढी गरेको दाबी गरेको छ ।

कांग्रेसले सोमबार पत्रकार सम्मेलनमार्फत २०७५ सालमा सरकारले गरेका कामको समीक्षा गर्दै कर्मभन्दा हल्ला बढी गरेको दाबी गरेको हो । उसले शक्ति विकेन्द्रीकरण र संघीयताको सफल कार्यान्वयनका सन्दर्भमा समेत सरकार असफल भएको र सरकारले यसबीचमा ‘शून्य सात’ प्रगति गरेको दाबी गरेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कर्मभन्दा हल्ला बढी गरेर सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको र जनमतको खिल्ली उडाउनमै समय बर्बाद गरेको बताए ।

‘२०७५ सालको प्रारम्भ सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएझैं साँच्चै केही नवीन आशासाथ भएको थियो । तर, बिदाइ भने आशालाई विश्वासमा बदलेर हुन सकेन । कामभन्दा हल्ला बढी भयो । कर्मतिर सरकारको ध्यान गएन,’ प्रवक्ता शर्माले पत्रकार सम्मेलनमा भने । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो।

काँग्रेस

विशेष