थपलिया प्रमुख निर्वाचन आयुक्तमा सर्वसम्मत, तीन महिना भित्र उपनिर्वाचन गराउने
प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलिया संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएका छन् । सिंहदरबारमा बसेको समितिको बैठकले थपलियाको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
साथै समितिले नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । समितिको बैठकमा थपलियाले तीन महिनाभित्रै उपनिर्वाचन गराउने प्रतिवद्धता जनाएका थिए।
उनले निर्वाचनलाई कम खर्चिलो बनाउन आफूले सक्दो प्रयास गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । उनले सूचना प्रविधिमैत्री बनाउने र विद्युतीय मतदानको व्यवस्था मिलाउने बताएका थिए ।