जब सीमा जोगाउन भारतविरुद्ध लडेका थिए सप्तरीबासी (भिडियोसहित)
निवेश कुमार
काठमाडौं। नेपाल र भारतको सीमावर्ती क्षेत्रमा तनाव भइराख्नु पटक पटक सुनिन्छ । पूर्वी तराईको झापा देखि पश्चिम तराईको कञ्चनपुरसम्म भारतसँग जोडिएको सीमा क्षेत्रमा विवाद उत्पन्न हुने गरेको छ । तराईका जिल्लाहरुमा मात्र नभई पहाडी क्षेत्रमा भारतसँग जोडिएका जिल्लाहरुमा पनि भारतीय पक्षको हस्तक्षेपका कारण पटक पटक दुई देशबीच तनावको स्थिति सृजना हुने गरेको छ ।
भारतीय पक्षको हस्तक्षेपको एउटा उदाहरण सप्तरीको तिलाठी हो । घटना २०७३ साल साउनको हो । हाल सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा पर्ने उक्त क्षेत्र डुबानमा पर्ने गरी त्यति बेला भारतले दशगजा क्षेत्रमा एकतर्फी तटबन्ध निर्माण गर्दा सप्तरीबासीले त्यति बेला सशक्त प्रतिकार गरेका थिए । भारतले वर्षौँदेखि प्रचलित अन्तर्राष्ट्रिय कानूनका सिद्धान्त, प्रावधान र व्यवहारविपरीत दशगजा क्षेत्रमा एकतर्फी रुपमा जबर्जस्ती निर्माण गर्दै आइरहेका तटबन्ध, बाँध, सडक बनाउदै आएको भएपनि जनस्तरबाट त्यसरी प्रतिकार भएको त्यो पहिलो घटना थियो ।
केही साता अघि त्यहाँ पुगेर मैले तत्कालीन घटना र त्यपछिको स्थितिबारे बुझ्न खोजेको थिए । तिलाठी कोइलाडी गाउँपालिका-५ का बलराम मेहताले मातृभुमिको रक्षा गर्न आफुहरु लडेको बताए । तर त्यसपछि राज्य समस्या समाधान गर्न कुनै पहल नगरेको उनको गुनासो छ । अनौपचारिक रुपमा उनीसँग गरेको संवाद यस्तो छ ।