सर्वोच्च अदालतका ५ नयाँ न्यायाधीश, सुनुवाई समितिबाट सर्वसम्मत
काठमाडौं। सर्वोच्च अदातलको स्थायी न्यायाधीशका लागि सिफारिस ५ जनाकै नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ ।
बिहिबार बसेको समितिको बैठकले न्याय परिषदद्वारा सिफारिस गरिएका न्यायाधीशहरु प्रकाशकुमार ढुङ्गाना, शुस्मालता माथेमा , हरि फुयाँल, कुमार रेग्मी र मनोज शर्मामाथि परेका उजुरीमाथि क्रमश: उत्तर खोज्दै अनुमोदन गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएपछि उनीहरु सर्वोच्च प्रवेश गर्नेछन् ।