राजनीति

‘देशको विकास तीन खम्बे अर्थ नीतिबाट मात्रै सम्भव छ’

‘देशको विकास तीन खम्बे अर्थ नीतिबाट मात्रै सम्भव छ’

भरतपुर । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास ३ खम्बे अर्थ नीतिबाट मात्रै सम्भव हुने बताएका छन् ।

 

आइतबार भरतपुर महानगरपालिका – १० स्थित जिल्ला सहकारी संघ चितवनद्वारा सञ्चालित साझा पेट्रोल पम्पको उद्घाट गर्दै अध्यक्ष दाहालले सहकारीको भूमिकालाई बढाउदै लगे संविधानले परिकल्पना गरेको अर्थिक नीति साकार हुने बताए । उनले भने, "अर्थको नीतिको परिकल्पना गर्दा ३ खम्बे अर्थ नीति भनेर परिकल्पना गरेको छ । सार्वजनिक, निजी र सरकारीको सहकार्यले मात्र देशको अर्थतन्त्रलाई अगाडि बढाउन सकिन्छ ।"

 

उनले भने,"लामो प्रयत्न, संघर्ष र उतारचढावपछि संविधान बनेको छ । संविधानले अबको राज्यको परिकल्पना समाजबाद उन्मुख हुने परिकल्पना गरेको छ । " प्रमुख राजनीति दल र नेताहरुबीच देशलाई समाजिक न्यायासहितको आर्थिक युगतिर लैजाने संकल्प गरिएको उनले बताए ।

 

अध्यक्ष दाहालको भनाई छ, "आउने दशकमा विकास र समृद्धिका थुप्रै परियोजनाका रेकर्डहरु बन्दैछन् । नेपालको भौगोलिक विविधता, यहाँको प्रकृति स्रोत साधानको प्रयोग विज्ञान र प्रविधिको प्रयोग गरेर धेरै परियोजना देखा पर्नेछ ।"

 

उनले चितवनका सहकारीहरुले नमुना पेट्रोल पम्प सञ्चालन गरी देशमा नयाँ सन्देश दिन खोजेको बताए । यही अभियानमा सामेल हुन देशका हजारौ सहकारीले जमर्को पनि गरिरहेको उनको भनाई छ । सहकारीमार्फत ३ सयभन्दा बढी उद्योगहरु सञ्चालनको तयारीमा रहेको जानकारी अध्यक्ष प्रचण्डले दिए ।

विशेष