राजनीति

एकता प्रक्रिया टुंग्याउन नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी

एकता प्रक्रिया टुंग्याउन नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

 

नेपाल कम्युनिष्ट पार्टीको ७०औं स्थापना दिवसको अवसरमा सोमबार पार्टी एकताको बाँकी सबै प्रक्रिया टुंग्याउन बैठक बसेको बताइएको छ । आइतबार दिउँसो नै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोल (सोमबार) नै पार्टी एकताका बाँकी सबै प्रक्रिया टुंगिने बताएका थिए ।

 

नेकपाको अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा समेत ओली, प्रचण्ड र नेपालका बीचमा विवाद रहेको छ । केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटीहरू अझै गठन हुन सकेका छैनन् ।

 

७७ जिल्ला कमिटीमध्ये ४५ तत्कालीन एमाले र ३२ माओवादी केन्द्रले नेतृत्व लिने समझदारी शीर्ष नेताका बीचमा भए पनि नेतृत्वका विषय अझै टुंगो लाग्न सकेको नसकेको हो ।

विशेष