Breaking News

तुइनविरुद्ध प्रधानमन्त्रीको कार्यक्रमः सफलता मिल्यो, मुक्ति मिलेन 

तुइनविरुद्ध प्रधानमन्त्रीको कार्यक्रमः सफलता मिल्यो, मुक्ति मिलेन 

काठमाडौं । ७२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले आफ्नो पहिलो कार्यक्रम नै मुलुकलाई तुइनमुक्त बनाउने भनेर घोषणा गरेका थिए । तीन वर्षमा केपी शर्मा दोस्रोपटक प्रधानमन्त्री भए । तर उनको तुइनमुक्त देशको परिकल्पना शैद्धान्तिक रुपले सफल हुन सकेन । किनभने सरकारी तथ्यांकमा मुलुकभर १८७ वटा तुईन सञ्चानमा थिए ।

 

ती मध्ये १३५ वटा हटाएर झोलुंगेपुल बनाउन सम्भव थियो । बाँकीमा झोलुंगे पुल बनाउन सम्भव देखिएन । तुईनलाई झोलुंगे पुलले विस्थापित गरेर तुइनमुक्त नेपाल बनाउने विकल्प मात्रै सरकारसँग छ । 

 

झोलुंगे पुल बनाउन सम्भव नभएका स्थानमा तुईन अझै छन् । नेपाल र भारतको सीमा नदी महाकाली नदीमा पनि पाँच तुइन छन् । त्यहाँ पनि सरकारले झोलुंगे पुल बनाउने योजना बनाएको छ । तर भारततिरबाट सहमति प्राप्त नभएका कारण त्यो काम थाँतीमा बसेको छ । 

 

१३० वटा झोलुंगे पुल निर्माण शुरु गरिएकोमा १०६ वटा सम्पन्न नै भइसकेको छ । बाँकी २४ वटा झोलुंगे पुलको निर्माण बाँकी छ । व्यवहारिक दृष्टिले हेर्ने हो भने प्रधानमन्त्रीको सपना लगभग पूरा भएको छ तर तुइन बाँकी नै रहेकोले तुइनमुक्त मुलुक भन्न सकिने अवस्था छैन । 

 

महालेखापरीक्षकको ५६ औं वार्षिक प्रतिवेदनमा झोलुंगे पुल बनाएर तुइन विस्थापित गरिनुपर्ने सुझाव दिइएको छ । 
 

विशेष