अन्तरवार्ता भिडियो Breaking News

कम्युनिष्टहरू राजशाही पथमा, ओलीमा राजा बन्ने लालशा

कम्युनिष्टहरू राजशाही पथमा, ओलीमा राजा बन्ने लालशा

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेपाल आजसंगको भेटमा हाकाहाकी भने, ‘ मुलुकमा राजसंस्था फर्किने कुरा त कल्पना भन्दा बाहिरको हो तर अहिलेका प्रधानमन्त्री ओली भने राजा हुनसक्छन् । कम्युनिष्टहरु राजशाही फर्काउने अभियानमा छन् र ओलीलाई राजा बन्ने रहर छ । ’

 


यो भनेको बर्तमान सरकार अधिनायकवादको बाटोमा छ । यो सरकार निरंकुशता लाद्न उद्धत छ ।  प्रधानमन्त्री ओलीले आफनो पार्टी र सरकारमा जसरी अधिकार केन्द्रीत गर्दै सम्पूर्ण शक्ति आफनो हातमा लिएर अघि बढने अभ्यास गरिरहेका छन्, त्यसले उनको राजा बन्ने लालशा पुष्टि गर्छ । 

 

">
ओलीको ‘उन्माद’ र प्रचण्डको ‘डर’

 


यो कम्युनिष्ट सरकार आफनो एकदलिय शासन लाद्न चाहन्छ । यसका लागि ओली जोसंग जे जस्तो भएपनि सम्झौता गर्न तयार छन् । हिजो माओवादी केन्द्रसंगको एकता पनि कांग्रेसलाई देखाइदिनकै लागि भएको थियो । शक्तिशाली बन्ने ओलीको उन्माद र राजनीतिबाटै समाप्त हुने पुष्पकमल दाहालको डरका कारण नै एमाले र माओवादी केन्द्रबीच एकता सम्भव भएको हो । 

 


पार्टी एक भएपछि जसरी दुई तिहाइ सरकारको ओली प्रधानमन्त्री बने, यसले उनको उन्माद अझ चढाएको छ । कांग्रेसले भने जस्तै ओली सरकारले अधिनायकवादको यात्रा सुरु गरिसकेको छ । 

 


‘कम्युनिष्ट सरकारको यो अधिनायकवादको यात्रा रोक्न कसैले सक्ने छैन । शक्तिशाली र पुरानो भनिएको कांग्रेसको हालत दिनप्रतिदिन बिग्रदै छ । अहिलेकै नेतृत्व र कार्यशैली यस्तै हुने हो भने कांग्रेस समाप्त हुनेछ । आफनो स्थिति सुधार्न कांग्रेसले सातवटै प्रदेशमा नेतृत्व स्थापित गरी नयाँ जोश जाँगर र योजनाकासाथ अघि बढनु पर्छ । नेतृत्व चयन प्रणाली फेर्नुपर्छ । यदि यसो नगर्ने हो भने कांग्रेस समाप्त हुनेछ र यता राजसंस्था फर्किने होइन ओली नयाँ राजा बन्नेछन्, चिन्ता यसमै छ । ’ आचार्यले भने । 

 


शेखर, सशांक र सुजातामा गम्भीर मतभेद

 


कांग्रेसमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाको गुटका बारेमा सबै परिचित छन् । कोइराला परिवारको लिगेसीप्रति पनि सबैको सम्मान छ । तर, कोइराला परिवार भित्रै डा. शेखर कोइराला, डा. सशांक कोइराला र सुजता कोइरालाबीच गम्भीर मतभेद पनि छ । 

 

">
आचार्यले भने, ‘कोइराला परिवार भित्रको यही मतभेदले कांग्रेसको बर्तमान र भविश्यसमेत जोखिममा पार्न सक्छ । कहिले संगै छौं भनेर फोटो खिचेर देखाउने, कहिले एउटै मालामा तीनजना छिरेर देखाउने ? हामी एक छौं भनेर उहाँहरुले देखाउनुपर्ने कारण के ? मतभेद नभए त्यसो हुन्छ ?’

 


अहिले कांग्रेसले सुरु गरेको जागरण अभियानपनि बेमौसमको बाजा जस्तै भयो । बिना एजेण्डा र निश्चित लक्ष्य बिनाको अभियानले परिणाम दिंदैन । 

 


प्रचण्ड अध्यक्ष हुँदैनन्

 


सत्तारुढ दल नेकपाको एकता प्रक्रिया चलिरहेको छ । एक बर्ष भित्र पार्टीको महाधिवेशन गर्ने लक्ष्य छ । तर, एउटा निश्चित हो प्रचण्ड नेकपाको कहिल्यै अध्यक्ष हुन सक्दैनन् । पूर्व एमालेहरुको ‘राजनीतिक डिएनए’ नै फरक किसिमको भएकाले उनीहरुले अध्यक्षमा कुनैपनि हालतमा दाहाललाई स्वीकार्न सक्ने छैनन् । 

 


बरु ठीक उल्टो पूर्व माओवादी केन्द्रका नेता कार्यकर्ता भने एमाले पङ्तीमा मिसिरहेका छन् । ‘माओवादी एमाले बन्न सक्छन्, तर एमाले माओवादी हुने छैनन । ’ आचार्यको दाबी छ । 

 


राजपा र फोरम शक्तिहीन

 


क्षेत्रिय राजनीतिबाट राष्ट्रिय राजनीतिलाई प्रभावित तुल्याइरहेका राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम दुवै शक्तिहीन भैसकेका छन् । अब उनीहरुले आन्दोलनबाट सत्ता उलटपुलट गछौं वा आफना एजेण्डा पूरा गछौं भन्नु दिवास्वप्न मात्र हो । 

 


भर्खरै राजनीतिको मुल प्रवाहमा आएको भनिएको सीके राउतको जनमत पार्टीले पनि कुनै प्रभाव जमाउन सक्ने छैन । मधेशका राजनीतिक दल र नेताहरुले स्वयं मधेशमै र छिमेकी राष्ट्रबाटसमेत बिश्वास गुमाइसकेका छन् । उनीहरुले राजनीतिक शाख कायमै राख्न सक्नु पनि ठूलो उपलब्धी हुनेछ । 

">

पुरञ्जन आचार्य कम्युनिष्ट

विशेष