प्रचण्ड आज आँधीहुरी प्रभावित क्षेत्र जाँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आँधीहुरी प्रभावित क्षेत्र बारा र पर्सा राहत लिएर जाने भएका छन् । आँधीहुरी प्रभावित क्षेत्रमा राहतसहित प्रचण्ड मंगलबार बिहान ११ बजे हवाई यात्रामार्फत त्यसतर्फ जान लागेको प्रचण्डको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रचण्ड बारा र पर्साका प्रभावित क्षेत्रमा नै पुग्नेछन् । घाइते र प्रभावितहरूलाई भेटेर उनीहरूको अवस्था बारेमा जानकारी कार्यक्रम तय भएको छ । आइतबार साँझ आएको हावाहुरीबाट मर्नेको संख्या २९ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट ४०० जनाभन्दा बढी घाइते भएका छन् । बाराको फेटा गाउँपालिका–१, ३, ६ र ७ मा सबभन्दा बढी धनजनको क्षति भएको छ । फेटा गाउँपालिका–७ पुरैनियामा हावाहुरीबाट घर र रूख ढल्दा च्यापिएर १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुष्पकमल दाहाल प्रचण्ड हुन्डरी