विचित्र विश्व

भाइरल गोरिल्ला सेल्फी पछडिको कथा

भाइरल गोरिल्ला सेल्फी पछडिको कथा

यतिबेला दुई गोरिल्लाका साथमा एक जना रेन्जरले खिचेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ। फोटोमा दुवै गोरिल्लाले स्टाइलिस पोज दिएको देखिन्छ। यो सेल्फी कंगोको विरुंगा नेशनल पार्कमा लिइएको हो।

यहाँ शिकारीले जनावरका मातापिताको हत्या गरेपछि सानासाना जनावरलाई ल्याइने गरिन्छ। यी गोरिल्लालाई रेन्जर अधिकारीहरूले बच्चा अवस्थामा बचाएर ल्याएका थिए।

पार्कका ड्युटी डाइरेक्टरले बिबिसीलाई बताएअनुसार यी गोरिल्लाहरूले यहाँ उनीहरूको रेखदेख गर्ने मानिसहरूको नक्कल गर्ने गर्दछन्। उनका अनुसार यहाँ काम गर्ने रेन्जरलाई उनीहरूले आफ्ना आमाबुवालाई जस्तो प्रेम गर्छन्।

वीरुंगा ड्युटी डाइरेक्टर इन्नोसेन्ट मब्युरनम्बेले बिबिसीलाई बताएअनुसार यी गोरिल्लाका माउलाई सन् २००७ जुलाईमा शिकारीहरूले मारेका थिए। त्यतिबेला उनीहरू केबल दुई र चार महिनाका थिए। त्यसको केही समयपछि उनीहरूलाई वीरुंगामा ल्याइयो।

ड्युटी डाइरेक्टरले भन्छन्, 'यी दुवै गोरिल्ला रेन्जर अधिकारीहरूसँग ठूला भएका हुन्। उनीहरूले अहिले मानिसको नक्कल गर्न लागेका छन्। खुट्टाको भरमा उभिनु उनीहरू मानिस जस्तै देखिने कोशिस हो।

उनका अनुसार यस्तो व्यवाहर उनीहरूले सधैँ भने देखाउँदैनन्। उनी थप्छन्, 'म यिनीहरूलाई हेरे अचम्म पर्छु। किनकि उनीहरूको हाउभार अचम्म लाग्दो छ। एउटा गोरिल्ला मानिस जस्तै उभिएर उनको नक्कल गर्नु रोचक कुरा होइन त।'

भाइरल सेल्फी गोरिल्ला

विशेष