राजनीति

सरुवा रोक्न भन्दै तर्साउँदै असुली

सरुवा रोक्न भन्दै तर्साउँदै असुली

काठमाडौं : भूमिव्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले केही दिनअघि काठमाडौं उपत्यकाका मालपोत र नापी कार्यालयका प्रमुखहरू सबै परिवर्तन गर्ने हल्लाखल्ला मच्चाइन्।

त्यो हल्लाखल्लापछि उपत्यकामा कित्ताकाटदेखि हरेक लिखतममा लेखापढी व्यवसायीसँग दैनिक लाखौँलाख घूस खाएर बसेका अधिकृतदेखि कार्यालय प्रमुखसम्म सरुवा रोक्न मन्त्रीसँग सेटिङ मिलाउन तल्लीन भएर लागेका छन्। त्यसमध्येका हुन्, भक्तपुर नापी कार्यालयका प्रमुख ज्ञानेन्द्र विष्ट।

उपत्यका बालिर सरुवा हुने भएपछि उनले मन्त्री विष्टको सचिवालयका कर्मचारीलाई घूस बुझाएर आफ्नो थमौती गराएको विश्वस्त स्रोतले बतायो। यसबारेमा मन्त्रीको सचिवालयका एक सदस्य राजेश शर्मालाई सोध्दा आफूलाई यसबारे केहि थाहा नभएको पहिला बताए।

फेरि पछि उनले भने,'मसँग केहि दिनअघि उनले थमौतीबारे कुरा गरेका थिए तर त्यसको भोलिपल्ट म देशबाहिर गएँ। हिजो फर्किको हुँ। सचिवालयका अरू साथीसँग बुझ्दा यसबारे अनविज्ञ रहेको बताएका छन्।' भ्रष्टाचार न्यूनीकरणतिर ध्यान नदिने तर मन्त्रीलाई खुसी पार्नको लागि प्रमुख विष्टले गत हप्ता कार्यालयमा मातृ शिशु कक्षको उद्घाटन गर्न लगेका थिए।

ललितपुर नापी कार्यालयका प्रमुख सुरेश जोशी पनि विष्टकै पथ अंगाल्दै मन्त्रीलाई प्रभावित पारी थमौती गराउन सफल भएको भन्न थालेका छन्। उनले नेपाल मेडिसिटी अस्पतालले नख्खुखोलाको पाँच रोपनीभन्दा बढी जग्गा अतिक्रमण गरेको स्पष्ट हुँदाहुँदै त्यसको हालसाबिक गरी करोडौंको घुस असुली गर्ने तयारीमा छन्।

सरुवा रोक्ने खर्च पनि उनले त्यही जग्गाको हालसाबिकबाट निकाल्ने भएका छन्। नापी कार्यालयका प्रमुखले सरुवा रोक्ने सर्तमा १० लाख रुपैयाँ बुझाएको स्रोतले बताएको छ। त्यो रकम मन्त्रीका असुली भएको बताइन्छ। यो खबर आजको बुधबार साप्ताहिकबाट लिइएको हो।

पद्मा अर्याल मालपोत

विशेष