राजनीति

आइजीले बनाए गृहमन्त्रीलाई 'उल्लु'

आइजीले बनाए गृहमन्त्रीलाई 'उल्लु'

काठमाडौं । सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनालले गृहमन्त्री रामबहादुर 'बादल'लाई 'उल्लु' बनाएका छन्। गत मंसिर २७ गते आफैँले सिफारिस गरी प्रमाणपत्र दिइसकेका स्टाफ कलेजको तेस्रो ब्याजलाई फेरि गृहमन्त्री थापाको हातबाट फागुन १५ गते प्रमाणपत्र प्रदान गरेका छन्।

मंसिल २७ गते अल्फेस्को गार्डेनको भिआइपी हलमा प्रमाणपत्र वितरण कार्यक्रम गरिसकेकोमा फेरि सोही व्याचीलाई तालिम सम्पन्न गरेको प्रमाणपत्र प्रदान गरेर मन्त्री थापालाई झुक्याएका हुन्। उनले स्टाफ मिटिङमा 'तिमीहरूको बढुवाका लागि कतिसम्म रिक्स मोलेर गृहमन्त्रीजीलाई पनि झुक्याउनुपर्‍यो' भन्दै मन्तव्य दिएका थिए।

पहिले कोर्स समाप्त भयो भनेर हतारहतारमा तालिम नै नसकिइ प्रमाणपत्र प्रदान गरेका उनले फेरि उही पुरानै तालिमेलाई गृहमन्त्री बोलाएर उनको हातबाट प्रमाणपत्र दिएका हुन्। यस घटनाबाट आइजी खनाल गृहमन्त्री थापालाई पनि झुक्याउन सकेको बुझिन्छ।

तालिमको अवधि नकसकिँदै रातारात प्रमाणपत्र दिइनुमा बढुवाका लागि उनीहरूका लागि अनुकूल बनाएको बुझिएको छ। उनीहरूलाई स्टाफ कलेज तालिम गरेको भन्दै तालिम पूरा नहुँदै प्रमाणपत्र दिएर बढुवा पनि गरेपछि उनको बदमासी खुलासा भएको हो। यो खबर आजको बुधबार साप्ताहिकबाट लिइएको हो।

शैलेन्द्र खनाल रामबहादुर थापा

विशेष