रोजगार

समायोजनमा चित्त नबुझेकाे भन्दै ४५ हजार कर्मचारीद्वारा गुनासाे दर्ता

समायोजनमा चित्त नबुझेकाे भन्दै ४५ हजार कर्मचारीद्वारा गुनासाे दर्ता

काठमाडौं । समायोजनमा चित्त नबुझेकाले स्वास्थ्य सेवाका भन्दै करिब ३ हजार ५ सय र अन्य सेवाका १० हजार गरी ४५ हजारभन्दा बढी कर्मचारीले गुनासो दर्ता गरेका छन् ।

वैशाख ५ गतेसम्ममा सो संख्यामा गुनासो दर्ता भएको बताइएको छ । मन्त्रालयले गुनासो सुन्नका लागि सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालय तीन(तीन जना जना गरी ६ जना कर्मचारी राखिएको छ ।

गुनासो दर्ता गर्ने समयावधि यही वैशाख ५ गते बिहीबार सकिएको छ । चित्त नबुझेका विषयमा इमेल तथा भाइबरमार्फत पनि गुनासो दर्ता गरिएको थियो । मन्त्रालयमा आफै उपस्थित भई बुझाउन नसक्ने अवस्थामा इमेल तथा भाइवरमा पठाउन सकिने व्यवस्था रहेको मन्त्रालयका सहसचिव तथा कर्मचारी समायोजन गुनासो व्यवस्थापन समितिका संयोजक रूपनारायण भट्टराईले जानकारी दिनुभयो । आजको नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो।

कर्मचारी समायोजन

विशेष