देश राजनीति

कस्तो बन्दै छ नेकपा पोलिटब्युरो? उपगुट मिलाउन प्रचण्डलाई सकस

कस्तो बन्दै छ नेकपा पोलिटब्युरो? उपगुट मिलाउन प्रचण्डलाई सकस

काठमाडौं । जिल्ला एकीकरण टुंगिएलगतै सत्तारुढ नेकपाले पोलिटब्युरो तहको एकता अघि बढाएको छ । तीन प्रमुख नेता अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले सहमतिमा पोलिटब्युरो चयनको गृहकार्य अघि बढाएका हुन् । 

 

केन्द्रीय कमिटीको एक तिहाइ रहने गरी पोलिटत्तब्युरो कमिटी गठन हुने नेकपा विधानमा व्यवस्था छ । चार सय ४१ जना केन्द्रीय समितिबाट एक सय ४७ जनासम्मको पोलिटब्युरो गठन हुनेछ । केन्द्रीय समितिमा दुबै पूर्वसमूहबाट समावेश भएकामध्ये वरिष्ठलाई आधार मानेर पोलिटब्युरो बनाउने नेताहरुबीच सहमति छ । पूर्व एमालेलाई ८१ र पूर्व माओवादीलाइई ६६ जना पोलिटब्युरो सदस्य भागबण्डामा परेको छ ।

 

पूर्व एमालेमा ६५ जनासम्मको पोलिटब्युरो रहेकाले उनीहरुमध्येबाट चयन गर्ने र बाँकीको हकमा दुई पटक केन्द्रीय सदस्य भइसकेकाबाट वरिष्ठतालाई हेरेर चयन गर्ने समझदारी भइसकेको छ । पूर्व माओवादीलाई भने उपगुट मिलाउन र वरिष्ठ नेता छान्न सकस परेको छ । पूर्व माओवादीमा नारायणकाजी श्रेष्ठ, बादल, देबेन्द्र पौडेल र नेकपा संयुक्तबाट एकीकरणमा आएका समूहसमेत समेट्नुपर्ने बाध्यताका कारण प्रचण्डलाई अप्ठ्यारो परेको हो। यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

नेकपा पोलिटब्युरो

विशेष