राजनीति

हावाहुरीपीडित घाइतेको उपचारमा अझै चुस्तता आवश्यक : सभापति देउवा

हावाहुरीपीडित घाइतेको उपचारमा अझै चुस्तता आवश्यक : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वीरगन्ज पुगेर बारा, पर्सामा आइतबार राति गएको हावाहुरीबाट घाइते भएकाहरूसँग भेट गरेका छन् । 

 

मंगलबार बिहान नारायणी अञ्चल अस्पताल पुगेर देउवाले घाइतेहरुको अवस्थाबारे जानकारी लिएका हुन् । घाइतेहरूको अवस्था बुझेपछि देउवाले उपचारमा अझै चुस्तता आवश्यक रहेको बताए । उनले केही चिकित्सक र स्वास्थ्यकर्मी केन्द्रबाट पठाउनुपर्ने आवश्यकतासमेत औँँल्याए । 

 

'हावाहुरीका कारण घाइते भएका साथीहरूलाई वीरगंजको नारायणी अंचल अस्पतालमा आएर भेट गरेँ । उनीहरूको उपचारमा अझै चुस्तता आवश्यक छ । सरकारले केही चिकित्सक र स्वास्थ्यकर्मीहरू केन्द्रबाट पठाउनु पर्ने देखिएको छ । त्यसको प्रबन्ध गर्न म सरकारसँग आग्रह गर्दछु' उनले भने।

शेरबहादुर देउवा

विशेष