भिडियो

'सिके राउतसँग मुद्दा होइन विचार मात्रै' [भिडियो]

'सिके राउतसँग मुद्दा होइन विचार मात्रै' [भिडियो]

काठमाडौं । नेपाल सरकारको पूर्वसचिव डा. प्रवीण मिश्रले डा. बाबुराम भट्टराई बुद्धिजीवि र क्षमतावान भए पनि नेतृत्व गर्न सक्ने क्षमता नभएको बताएका छन्। नेपाल आजसँग फरक सम्वादको अन्तर्वार्ताका क्रममा उनले परम्परागत किसिमको राजनीतिभन्दा फरक किसिमको अगाडि बढ्ने समानुपातिक प्रतिनिधित्व समामन्ताको सिद्धान्तमा आधारित, भ्रष्टाचारमा शून्यसहनशिलता लगायतका विषय उठाए पनि उनी नेतृत्व क्षमतामा कमोजर रहेको बताएका हुन्।

">

अन्य प्रचण्ड र बाबुरामबीच अन्तरविरोधभन्दा पनि माओवादी पार्टीले खोजेको कुरा प्राप्त गरेकाले यसको औचित्य समाप्त भएको र नयाँ किसिमले देशलाई अगाडि बढाउनका लागि नयाँ शक्तिको आवश्यता पर्ने भन्दै नयाँ पार्टीले खेलेको डा. भट्टराईले उल्लेख गर्ने गरेको उनले बताए ।

 

डा. प्रवीण मिश्र पूर्वराष्ट्रपति डा रामवरण यादवको चिकित्सक सल्लाहकारका रूपमा उनले काम गरेका मिश्रको बुझाइमा सिके राउतसँग मुद्दा नभए र विचारधारा मात्रै रहेको छ । सिके राउतको विचारधारा मधेसको मुद्दा बन्न नसकेको उनले बताए । उनले भने, 'सिके राउतसँग मुद्दा थिएन विचारमात्रै थियो मुद्दा र विचारधारमा फरक हुन्छ विचारधार मुद्दा बन्न सक्छ। तर उनीहरूको विचारधारा मधेसमा मुद्दा बन्न सकेन मधेसी जनाताले बाइ गर्न सकेन उनीहरूले सेल गर्न पनि सकेनन्।'

 

उनले विगतका सरकारले सिके राउतलाई थन्ने गरेकाले उनको हाइट बढेको बताए । उनको बुझाइमा तराईमा आफ्नो महोल जमाउन सिके राउतले सरकारी पक्षबाट पीडित भएका व्यक्तिहरूको भवानालाई क्याच गरेको हो । सत्ता आएको दलले मधेसका जनताको आवश्यकतालाई पूरा गर्न नसकेको र प्रयास पनि नगरेकाले सिके राउतको जन्म भएको उनको भनाइ ।

">

डा. प्रवीन मिश्र

विशेष