राजनीति

माधव नेपाल स्वदेश फर्किए

माधव नेपाल स्वदेश फर्किए

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बेल्ट एन्ड रोड इनिसिएटिभ 'वीआरआई' को सम्मेलनमा सहभागी भइ स्वदेश फर्केका छन् ।

 

अप्रिल २५ तारिखमा आयोजित बीआरआई अन्तर्राष्ट्रिय सहकार्य शिखर सम्मेलनमा पूर्वप्रधानमन्त्रीको हैसियमा उनी सहभागी भएका हुन् । चीनबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले भ्रमढ सफल रहेको बताए । सम्मेलनमा १५० देशका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् भने भारत र अमेरिकाले प्रतिनिधित्व जनाएनन् ।

 

सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारी नेपालको प्रतिनिधित्व गर्दै पुगेकी थिइन भने नेता नेपाललाई विज्ञको रुपमा निमन्त्रणा गरिएको थियो ।

विशेष