कला साहित्य

‘सिड्नी सपना’ उपन्यास माथि अन्तरक्रिया

‘सिड्नी सपना’ उपन्यास माथि अन्तरक्रिया

काठमाडौं । उपन्यासकार सानु घिमिरेको ‘सिड्नी सपना’ उपन्यास माथि अन्तरक्रिया गरिएको छ । गुन्जन नारी साहित्य संस्थाले घिमिरेको ‘सिड्नी सपना’ उपन्यास माथि अन्तरक्रिया गरेको हो । अनामनगर  स्थित गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठकको सभापतित्वमा भएको अन्तरक्रियामा अन्तर्राष्ट्रिय नेपाली साहित्य (अनेसास) का केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, ज्ञाननिष्ट ज्ञवाली, शान्ति रिसाल र सरिता अर्यालले उपन्यासबारे आआफ्नो भनाई राखेका थिए ।

 

यसैगरी सर्जक डा. रेणु थापा सोलु, नम्रता शर्मा, सन्ध्या पहाडी, गीता रेग्मीलगायतले उपन्यासकार घिमिरेको उपन्यास ‘सिड्नी सपना’ बारे टिप्पणी गरे । सोही अवसरमा उपन्यासकार घिमिरेलाई गुन्जनको आजीवन सदस्यताको प्रमाणपत्र र मायाको चिनो पनि प्रदान गरिएको थियो ।

 

अन्तरक्रियामा जलेश्वरी श्रेष्ठ, बाबा बस्नेत, जयदेव भट्टराई, सीता विष्ट, द्वारिका कुइकेल, सुशीला देउजा, सरु सुवेदी, गंगा सुवेदी, समिना खनाल, पारिजात भण्डारी, कमला रिसाल, अर्जुन थापा लगायतको उपस्थिति थियो । गुन्जन नारी साहित्य संस्था २२ बर्ष अघि १२ जना महिला साहित्यकारले स्थापना गरेका थिए । यसले साहित्य विधामा गतिविधिहरू सञ्चालन गर्दै आएको छ । यो संस्थामा अहिले करिब १०० जना नेपाली महिला साहित्यकार आजीवन सदस्य छन् ।

सानु घिमिरे सिड्नी सपना गुन्जन नारी साहित्य संस्था

विशेष