राजनीति

कर्णाली प्रदेश सांसदको चार दिनको तलब हावाहुरीपीडितलाई सहयोग गर्ने प्रस्ताव

कर्णाली प्रदेश सांसदको चार दिनको तलब हावाहुरीपीडितलाई सहयोग गर्ने प्रस्ताव

सुर्खेत । तराईका बारा र पर्सा लगायतका जिल्लामा असिना पानीसहित आएको भीषण हावाहुरी पीडितका लागि कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्ष दलका नेता जीवन बहादुर शाहीले चार दिनको पारिश्रमिक सहयोगसम्बन्धी विशेष प्रस्ताव पेश गरेका छन्।

 

उक्त प्रस्ताव पारित भए तराईका मृतक तथा पीडितका लागि कर्णाली प्रदेशबाट पनि सहयोग पुग्ने छ । प्रतिपक्ष दलका नेताले प्रस्ताव गरेको उक्त प्रस्तावमाथि बुधबार दिउँसो एक बजे बस्ने कर्णाली प्रदेशसभाको बैठकले टुङ्गो लगाउने नेता शाहीले बताए।

 

आर्थिक रुपमा अन्य प्रदेशको तुलनामा कमजोर भए पनि प्रदेशसभाका सांसदको पारिश्रमिकबाट भए पनि पीडितको दुखेको घाऊमा मलम लगाउन थोरै भए पनि यसले सघाउ पुर्‍याउने उनले बताए।

 

कर्णाली प्रदेशका एक जना सांसदको एक दिनको पारिश्रमिक करिब एक हजार तीन सय हुन्छ । सभामा ४० जना सांसद छन् । यी सबै सांसदको चार दिनको तलब जोड्दा २ लाख आठ हजार हुन आउँछ ।

 

उक्त घटनामा परी ३१ जनाको ज्यान गएको थियो भने चार सय भन्दा बढी घाइते भएका छन् । घाइतेहरूको जिल्लाका विभिन्न अस्पताल र गम्भीर घाइतेलाई काठमाठौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। हावाहुरीका कारण करोडौँका धनमालका क्षती भएको छ । पीडितका लागि चौतर्फी सहयोग प्राप्त भइरहेको छ ।

जीवनबहादुर शाही कर्णाली प्रदेश

विशेष