मुख्य समाचार देश

बर्खाअघि नै हावाहुरी प्रभावितका लागि घर निर्माण गर्ने मन्त्री यादवको प्रतिवद्धता

बर्खाअघि नै हावाहुरी प्रभावितका लागि घर निर्माण गर्ने मन्त्री यादवको प्रतिवद्धता

वीरगञ्ज। उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादवले बारा जिल्लाका हावाहुरी प्रभावित क्षेत्रमा सरकारको निरन्तर ध्यान तथा पहुँच रहेको बताएका छन् ।

प्रभावित क्षेत्रको निरीक्षणपछि मन्त्री यादवले विगतको सरकारभन्दा फरक  र जनताप्रति जिम्मेवार नेकपाको सरकारले पीडितलाई राहत दिने बताए । आफ्नो मन्त्रालय मातहतको नेपाल आयल निगममार्फत हावाहुरी प्रभावित क्षेत्रमा एक हजार दुईसय बोरा चामल वितरण गरेका उनले वर्षात भन्दा पहिले नै सरकारले पिडितका घर परीवारको घर बनाउने प्रतिवद्धता जनाए ।

मन्त्री यादवको तर्क थियो, "विगतमा सरकारले घोषणा गर्ने र अनुगमन निरीक्षण गर्ने बेला तल्लो निकायको भरमा परेका कारण समस्या ज्युका त्युँ नै हुने गरेको सुन्थ्यिो, तर अहिले विगतका सरकारको अनुसार नभएकाले पिडितलाई समस्या हुन दिन्नौँ। "

मातृका यादव

विशेष