राजनीति

प्रधानमन्त्रीसँग सातै मुख्यमन्त्रीको आकस्मिक बैठक

प्रधानमन्त्रीसँग सातै मुख्यमन्त्रीको आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातै प्रदेशका मुख्यमन्त्रीहरूले भेटवार्ता गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई भेट गरेका हुन् ।

 

उनीहरूको भेट अहिले जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए। अधिकारीका अनुसार मुख्यमन्त्रीहरूसँग भेटघाटको विशेष एजेन्डा थिएन । तर, विकास परिषद्को बैठकका लागि काठमाडौं आएको मौकामा प्रधानमन्त्रीसँग सबैले एकैपटक भेट गरेका हुन् । यद्यपि नीति तथा कार्यक्रम र आगामी वर्षको बजेटबारे उनीहरूबीच छलफल हुने बताइएको छ ।

बालुवाटार

विशेष