राजनीति

हावाहुरीबाट मृतकका परिवारलाई राप्रपा(संयुक्त) को सहयोग

हावाहुरीबाट मृतकका परिवारलाई राप्रपा(संयुक्त) को सहयोग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले बारा तथा पर्सामा हावाहुरीमा मृत्यु भएकाको परिवारलाई सहयोग हस्तान्तरण गरेको छ ।

राप्रपा (संयुक्त) का अध्यक्षद्वय पशुपतिशमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी प्रभावित क्षेत्रमा पुगेर कुल ३ लाख ८२ हजार नगद, ७ सय ५३ थान त्रिपाल तथा लत्ताकपडा वितरण गरेका हुन् । कुल रकमबाट हरेक घर परिवारले करिब १२ हजार सहयोग पाएका हुन् । गत आइतबार बेलुका आएको हावाहुरीले बारामा २७ तथा पर्सा १ जनाको मृत्यु भएको थियो भने हजारभन्दा बढी घाइते भएका हुन् ।  

राप्रपा(संयुक्त)

विशेष