महिलाको कुटाइ खान जाने जिम [भिडियोसहित]
![महिलाको कुटाइ खान जाने जिम [भिडियोसहित]](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/netrapaudel_34/2019/04/jeem.jpg)
एजेन्सी । जिममा प्रया मानिसहरू वर्कआउट गर्न जान्छन्। तर, लण्डनमा एउटा यस्तो जिमखाना छ जहाँ मानिसहरू कुटाइ खानका लागि जान्छन्। जसका लागि उनीहरू राम्रो मूल्य चुकाउन पनि तयार हुन्छन्।
यहाँ महिला रेसलरहरूको कुटाइ खानको लागि पुरुषहरूले १५० पाउण्डसम्म खर्चिने गरेका छन्। यो जिममा पुरुषहरूलाई पिटाइ गर्ने महिलाहरू पेसागत रेसलर हुन्छन्। उनीहरूले ग्राहकको इच्छाअनुसार कुटाइ गर्छन्। यहाँका महिला रेसलरहरूको कुटाइ वास्तवमा कुस्तिजस्तो हुन्छ। केही व्यक्तिहरूले जित्नका लागि पनि लडाइँ गर्छन्। तर, पेसागत रेसलरलाई जित्न भने त्यति सजिलो हुँदैन। धेरैभन्दा धेरै व्यक्ति यहाँ उनीहरूको कुटाइ खानै आउँछन्।
यो जिमको मालिक महिला रेसलर पिप्पा द रिपर हुन्। उनीसँगै अन्य तीन जना महिला रेसलरहरूले पुरुषहरूको कुटाइ गर्छन्। पिप्पाका अनुसार धेरै व्यक्ति उनको सुन्दर शरीरलाई हेर्न र छुन आउँछन्। यहाँ १८ देखि ७० वर्षसम्मका व्यक्तिहरू उक्त जिममा आउँछन्। यस जिमकी मालिकनीले आफ्नो मण्डलीको नाम बिकिनी पहलमान राखेकी छन्।
जिम