फोरमलाई राजपाको जवाफ, "एकताका अवरोध वार्ताबाट हटाऔं"
काठमाडौं। राष्ट्रिय जनता पार्टी नेपालले पार्टी एकताका लागि संघीय समाजवादी फोरमबाट प्राप्त पत्रको जवाफ पठाएको छ ।
चैत ५ गते फोरम अध्यक्ष उपेन्द्र यादवले एकताका लागि औपचारिक पत्र पठाएको र उक्त अग्रसरताका लागि फोरमले धन्यवाद दिएको छ । फोरमबाट प्राप्त पत्रबारे राजपाले भनेको छ, "सत्तापक्ष र प्रतिपक्षबीच एकीकरण सम्बन्धमा यहाँहरुले आपसी समझदारीकै आधारमा यस्ता विषयहरु हल गर्न सक्ने सकारात्मक कुरा भएकाले यस विषयमा थप वार्ता सम्वाद गर्न सकिन्छ ।"
वार्ताका लागि राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोको नेतृत्वमा वार्ता समिति गठन गरिएको छ । वार्ताबाट हरेक खाले अवरोध हट्ने राजपाको विश्वास छ ।