रोजगार

गृहले गर्‍यो एकैपटक सात सिडिओसहित २३ उपसचिवको सरुवा, हेर्नुहोस् सूची को-को परे सुरुवामा

गृहले गर्‍यो एकैपटक सात सिडिओसहित २३ उपसचिवको सरुवा, हेर्नुहोस् सूची को-को परे सुरुवामा

काठमाडौं : गृह मन्त्रालयले सोमबार दिउँसो ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २३ जना उपसचिवको सरुवा गरेको छ ।

गृहको निर्णयअनुसार दोलखा, बाजुरा, भोजपुर, रसुवा, रामेछाप, संखुवासभा र सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । जसअनुसार दोलखामा खगेन्द्रप्रसाद रिजाल, बाजुरामा गंगाप्रसाद न्यौपाने, भोजपुरमा नुरहरि खतिवडा, रसुवामा अर्जुन भण्डारी र रामेछापमा लीलाकुमारी केसी पाण्डेको सरुवा भएको छ ।

यसैगरी संखुवासभामा जीवनप्रसाद दुलाल पठाइएको छ भने सिन्धुपाल्चोकको कामु प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी गोमादेवी चेम्जोङलाई दिइएको छ ।संखुवासभा गएका दुलाल यसअघि ललितपुरको नख्खु कारागारका जेलर थिए । हाल उनको ठाउँमा वेदप्रसाद अर्याललाई पठाइएको छ । केही जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरिएको छ ।

सिडिओ सरुवा उपसचिव

विशेष