प्रधानमन्त्री ओलीले भियतनामसंग गरे यस्ता ‘ तीन सहमति’
भियतनाम भ्रमणकाक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले तीनवट सम्झौता गरेका छन् । भियतनामका समकक्षी न्याग्युन स्वान फुच गुइजुएन जुआन फुकसंगको भेटपछि दुई मुलुकबीच तीनवटा बुँदामा हस्ताक्षर भएको हो ।
दुई देशबीच कुटनीतिक तथा विशेषा राहदानी बहाकहरुलाई भिसा छुटसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
त्यस्तै दुई देशबीच द्विपक्षीय परामर्श संयन्त्र गठनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ । यी दुवै सहमतिमा दुई देशका परराष्ट्र मन्त्रीले हस्ताक्षर गरेका हुन्।
त्यस्तै दुई देशबीच व्यापार तथा लगानी साझेदारी सम्बन्धी फ्रेमवर्कसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्न छलफललाई अगाडि बढाउन लेटर अफ इन्टेन्ट(आसयपत्र)मा दुई देशका उद्योग मन्त्रालयका अधिकारीहरुले हस्ताक्षर गरेका छन्।
सहमति पत्रमा हस्ताक्षरसँगै दुबै देशका प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन्। दुई देशबीच १९७५ मा कुटनीतिक सम्बन्ध स्थापनापछि पहिलो पटक नेपालका प्रधानमन्त्री भियतनामको राजकीय भ्रमणमा गएका हुन्। प्रधानमन्त्री ओलीको दोस्रो कार्यकालमा पहिलो पटक दक्षिण पूर्वी एसियाको भ्रमण पनि हो।
प्रधानमन्त्री ओलीलाई राजधानी हानोइमा राजकीय सम्मानसहित गार्ड अफ अनर प्रदान गरिएको थियो । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले भियतनामका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन्।