Breaking News

मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रतामाथिकाे 'कू' : देउवा

मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रतामाथिकाे 'कू' : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल बिधेयक पत्रकारितामाथिको ‘कू’ भएको भन्दै त्यसको कांग्रेसले त्यसको प्रतिबाद गर्ने बताएका छन्।

पत्रकारहरूलाई आचारसंहिता उल्लंघनमै दस लाखसम्म जरिवाना गर्ने व्यवस्थासहितकको विधेयक पत्रकारमाथिको ‘कू’ हो, आइतबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउवाले भने यसको हामी प्रतिवाद गर्छौं।

उनले कांग्रेसको पहिलो शर्त नै अभिव्यक्ति स्वतन्त्रतता भएको बताए। प्रेस र अभिव्यक्ति स्वतन्त्रता बिरोधी यस्तो बिधेयक स्वतन्त्रताका पक्षपातीहरुका लागि कहिल्यै स्वीकार्य नहुने भन्दै उनले संसदबाट बिधेयक फिर्ता गराउनु पर्ने बताए । स्वतन्त्रता आफ्नो पार्टीको आदर्श र सिद्धान्त भएको स्मरण गराउँदै सभापति देउवाले संसदभित्र र बाहिरबाट बिधेयबिरुद्ध कांग्रेसले अभियान शुरु गर्ने उल्लेख गरे।

सभापति देउवाले सरकारले संसदमा दर्ता गराएको उक्त विधेयक संविधानको मर्म विपरित भएकोले प्रेस स्वतन्त्रतामाथि हुने हस्तक्षेप कुनै पनि हालतमा स्वीकार्य नहुने बताए।उनले पत्रकार र प्रेस स्वतन्त्रता विरोधी उक्त विधेयकलाइ जसरी भएपनि फिर्ता गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे।

आज नेपाली सञ्चार जगतले प्राप्त गरेको हक अधिकार कुनै कम्युनिष्ट पार्टीबाट प्राप्त भएको कृपा नभई नेपाली मिडिया आफूैले रगत पसिना बगाएर प्राप्त गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

सरकारले यस किसिमको विद्येयक ल्याउनु अघि प्रेस स्वतन्त्रताका लागि रगत बगाउने निकाय पत्रकार महासंघ लगायतका निकायसँग एक पटक पनि परामर्श नगरिनु नै सरकारको अधिनायबादी प्रवृति भएको बताए ।पत्रकारबाट कुनै पनि गल्ती हुँदैन भन्ने होइन,त्यसको नियमन निकायलाई प्रभावकारी बनाउनु पर्छ उनले भने ।

विशेष