प्रवास कला साहित्य

‘कम्पन’ को दोस्रो संस्करण न्यूयोर्कमा लोकार्पण

‘कम्पन’ को दोस्रो संस्करण न्यूयोर्कमा लोकार्पण

न्यूयोर्क । पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक ‘कम्पन’ को दोस्रो संस्करण अमेरिकाको न्यूयोर्कमा लोकार्पण गरिएको छ । न्यूयोर्कको ज्याक्सनहाइटमा रहेको मुस्ताङ थकाली किचनमा आयोजित कार्यक्रमकाबीच पन्थीको ‘कम्पन’ पुस्तकको लोकार्पण गरिएको हो । नेपाल सरकारका महावाणिज्यदूत पुष्पराज भट्टराई, बरिष्ठ पत्रकार किशोर नेपाल, कम्पनका पात्र तथा सामाजिक अभियन्ता डा. बिष्णुमाया परियार, नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट, कानुनविद् तथा पुस्तकका पात्र खगेन्द्र जीसी र सामाजिक व्यक्तित्व डा. विनोद शाहले पुस्तकको लोकार्पण गरेका हुन् । लोकार्पण कार्यक्रममा न्यूयोर्कमा रहेका नेपालीहरु र विभिन्न संघ–संस्थाका व्यक्तित्वको उपस्थित थियो ।  

पुस्तक लोकार्पणपछि महावाणिज्यदूत भट्टराई, कानुनविद् जीसी र डा. शाहले पुस्तक नेपालको महाभूकम्पकको ऐतिहासिक दस्तावेज भएको उल्लेख गर्दै पुस्तकका लेखकलाई शुभकामना दिए। कार्यक्रम महावाणिज्यदूत भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । दुई चरणमा सम्पन्न कार्यक्रममा महाभूकम्पको असर र पुननिर्माणको अवस्थाबारे बहससमेत गरिएको थियो । पहिलो चरणको कार्यक्रमको सहजिकरण संचारकर्मी प्रदीप परियार थापाले गरेका थिए । भने, दोश्रो चरणको सहजिकरण संचारकर्मी सुरेश शाहीले गरेका थिए । 

 

कम्पनको पहिलो संस्करण गत बर्ष पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल लगायतले काठमाडौंमा आयोजित एक कार्यक्रममा लोकार्पण गरिएको थियो । साथै, पुस्तकको विश्वब्यापी लोकार्पण मे ११ मा न्यूयोर्कमा गरिएको थियो । पुस्तकको दोश्रो संस्करण नेपालमा दोश्रो ठूलो भूकम्प आएकै दिन न्यूयोर्कमा लोकार्पण गरिएको थियो ।महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित पुस्तकमा भूकम्पका पीडित, भूकम्पपछिको उद्दार र राहतमा खटिनेहरु, भूकम्पबाट बाँच्न सफल हुनेहरु लगायतका रोचक स्मरणहरु समेटिएको छ । दोश्रो संस्करणमा पहिलो संस्करणपछिका पुस्तकका समीक्षाहरु र भूकम्पको इतिहासलाई पनि समेटिएको छ ।

कम्पन किशोर पन्थी न्यूयोर्क

विशेष