राजनीति

संचार मन्त्री एकपछि अर्को विवादमा

संचार मन्त्री एकपछि अर्को विवादमा

सूचना तथा सञ्चारमन्त्री गोकुल बास्ँकोटा एकपछि अर्को विवादमा पर्न थालेका छन् । मिडिया काउन्सिल सम्बन्धी विधेयकको रक्षा गर्ने क्रममा आफू खुशी बोल्न थालेपछि उनको सामाजिक संजालमा पनि आलोचना चुलिएको छ । 

 


मंगलबार चितवनको सौराहमा आयोजित एक कार्यक्रममा संचार मन्त्री बास्कोटाले अमेरिकामा पत्रकारलाई १ करोडसम्म जरिवना हुन्छ भन्ने अभिव्यक्ति दिएपछि त्यसको चौतर्फी आलोचना भएको छ । 

 


धेरै मानिसले पूँजीवादी राष्ट्र अमेरिकाकै अनुसरण गर्ने हो भने नेपालमा कम्युनिष्ट दर्शनको भारी बोकाएर नेपाली जनतालाई किन बेवकुफ बनाएको भन्दै प्रश्न गरेका छन् । केहीले भ्रष्टाचारमा मुछिएका मन्त्रीहरुतर्फ कटाक्ष गर्दै चीनमा भ्रष्टाचार गर्ने नेताहरुलाई के गरिन्छ मन्त्री ज्यू भन्दै प्रश्न गरेका छन् ।

 

 
केही व्यक्तिले प्रधानमन्त्रीलाई सम्बोधन गरी संचार मन्त्रीलाई पदबाट हटाउन सुझाव दिएका छन् । मन्त्री बास्कोटा जति दिन पदमा बस्नछन्, त्यति नै सरकार बदनाम हुँदै जाने उनीहरुको दावी छ । 

 


कार्यक्रममा संचार मन्त्री बास्कोटाले बिधेयकको विरोध गर्नेहरु लहडमा कराइरहेको आरोप लगाए । विधेयक संविधान बाहिर नभएको भन्दै उनले कुरै नबुझेर विरोधमा नउत्रिन आग्रह पनि गरे । विधेयकले नेपाली संचारमाध्यमलाई व्यवस्थित र मर्या्दित बनाउने उनको दावी छ । 

 


समानुपातिक विज्ञापन नीति र क्लिन फिड लाग्नु गर्न नदिने तत्वले विधेयकविरुद्ध  अपवाह फैलाइरहेको उनको तर्क थियो । 
 

विशेष