ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । कैलालीको टीकापुरमा भएको ट्याक्टर दुर्घटना परेर एक जनाको ज्यान गएको छ । टीकापुर नगरपालिका–१ को टीकापुर–खक्रौला सडकखण्ड अन्तर्गत लम्की पुलमा मंगलबार बिहान से १ त १११६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा ट्याक्टर चालक जानकी गाउपालिका–५ पथरैयाका धनबहादुर चौधरी रहेका छन् । ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
ट्याक्टर दुर्घटना कैलाली-टीकापुर