राजनीति

जनहितमा काम गर्न सरकारलाई नेता नेपालको आग्रह

जनहितमा काम गर्न सरकारलाई नेता नेपालको आग्रह

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनतालाई आफ्नो पक्षमा राखिराख्न जनहितमा काम गर्न सरकारलाई सुझाव दिएका छन् ।

 

काठमाडौंको राष्ट्रिय सभागृहमा युवा संघको २९ ‍औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले जनतामाझ नेकपा लोकप्रिय रहेको बताए । जनतामाझ लोकप्रिय भए पनि सरकारले जनहितमा काम नगरे उक्त लोकप्रियता कायम नरह्ने जीकिर गरे । उनले भने," अहिले नेकपा लोकप्रीय छ । हामीले ५५ प्रतिशत जतनताको मत मात्र पाएका छौँ र दुई तिहाइ हैन । जनताले फेरी मत देलान भन्ने भन्न सकिन्न । जनताले के चाहेको छ त्यो सुन्नुहोस । "

 

युवा कार्यकर्ताका लागि उनको संदेश छ, "राम्रा कुरा आत्मसाथ गर्नुपर्छ र गलतीबाट सिक्नुपर्छ । युवाहरुमा अध्ययनको बानी बसाल्न जरुरी छ । मार्क्सवादको गहन अध्ययन जरुरी छ । हाम्रा चुनौति के छन् त्यो बुझ्न जरुरी छ । र त्यसको सामना गर्न तयार रहनुपर्छ । आत्तिनु पनि पर्दैन र मात्तिनु पनि पर्दैन । आचरण सिद्धान्त र संगठनात्मक जिम्मेवारी महत्वपूर्ण रहेको । "

विशेष