प्रधानमन्त्री ओली स्वदेश फिर्ता, आधा घण्टा हवाइ तथा सडक यातायात प्रभावित
प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता भएका छन् । गत वैशाख २६ गतेदेखि ३ वैशाखसम्म भियतनाम र त्यसपछि कम्बोडिया भ्रमण सकेर उनी स्वदेश फर्किएका हुन् ।
उक्त अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी अर्पण गरेको थियो । उनका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतका प्रतिनिधिमण्डलका सदस्य पनि स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीको सवारीका कारण हवाई र सडक सेवा प्रभावित भएको छ । साँझ करिब आधा घण्टा हवाइ तथा सडक यातायात बन्द हुँदा सर्वसाधारणले सास्ती पाएका थिए ।