राजनीति

रन्जित तामाङको गुनासोः ‘पार्टीले ममाथि अन्याय गर्यो’

रन्जित तामाङको गुनासोः ‘पार्टीले ममाथि अन्याय गर्यो’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठकले जनवर्गीय संगठनको एकता टुङ्ग्याएपछि विद्यार्थी संगठनको सह–संयोजकको जिम्मेवारी पाएका रञ्जित तामाङले आफूमाथि अन्याय भएको बताएका छन् । माओवादी निकट तत्कालीन अखिल क्रान्तिकारीका अध्यक्ष तामाङले विधि, पद्दती र नियम मिचेर एकता गरिएको भन्दै आपत्ति जनाए ।

 

पहिलो पटक निर्वाचनबाट अखिल क्रान्तिकारी अध्यक्ष भएको उल्लेख गर्दै तामाङले एकतामा न्याय हुन नसकेको बताए । ‘विद्यार्थी एकता गर्दा योग्यता क्षमतालाई नेतृत्वले पटक्कै ध्यान दिएन,’ तामाङले भने, ‘पार्टी नेतासँगको सम्बन्धलाई आधार बनाएर जिम्मेवारी तोकियो ।’ आफूमाथि भएको अन्यायले विद्यार्थी संगठनलाई मात्र नभई सिंगो पार्टीलाई राम्रो नगर्ने तामाङले बताए । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

रञ्जित तामाङ

विशेष