मेरो परिवार मेरो कथा

विश्वविद्यालय छोडेर साना नानीबाबु पढाउँदै डा. देवकोटा

विश्वविद्यालय छोडेर साना नानीबाबु पढाउँदै डा. देवकोटा

गोरखा । पढे लेखेर ठूलो व्यक्ति बनेपछि धेरै मानिस सहरतिरै हराउँछन् । कतिपय युरोप र अमेरिका पुग्छन् । तर हाम्रो समाजमा केही यस्ता उदाहरणीय पात्र पनि छन्, जो गाउँ फर्केर कर्ममा जुटिरहेका छन् ।

यस्तै उदाहरणीय व्यक्ति हुनुहुन्छ राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. लक्ष्मी देवकोटा । अहिले उनको अधिकांश समय गाउँमा बित्न थालेको छ । उनी आफैँले कखरा पढेको विद्यालयका केटाकेटीलाई पढाउँछन।

देवकोटाले यसअघि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान (नास्ट) को प्राज्ञको जिम्मेवारी सम्हालेका थियो भने लामो समय पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापन गरेका थिए।

आफैँले प्रारम्भिक शिक्षा लिएको स्कूल बन्द हुने अवस्थामा पुग्न लागेपछि उनट्ठ त्यसलाई जीवन्त बनाउन गाउँ फर्किएका हुन् । 'जुन स्कुलले मलाई यत्तिको व्यक्ति बनायो अहिले त्यसको अवस्था नाजुक बन्न पुग्यो', डा। देवकोटाले भने 'मेरो सानो योगदानले विद्यालय राम्रो बन्छ भने किन नगर्ने ? भन्ने दिमागमा आयो अनि काठमाडौँका सबै कामधन्दा छोडर गाउँ फर्किएँ ।'

पालुङ्टार नगरपालिका–३ राउतेपानीको सगरमाथा प्राथमिक विद्यालयमा स्वयम्सेवी शिक्षकको रुपमा डा. देवकोटाले दैनिक सात ‘पिरियड’ पढाउँछन् । अनिवार्य विज्ञान र सामाजिक उनले पढाउने विषय हुन् । गत शैक्षिक सत्रमा नौ जना विद्यार्थी रहेको उक्त विद्यालयमा अहिले ७२ जना विद्यार्थी छन् । यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो।

डा. लक्ष्मी देवकोटा

विशेष