पूर्वराजा परिवारसहित एक महिनाका लागि थाइल्याण्ड जाँदै
काठमाडौं । पूर्व र मध्य तराई भ्रमणपछि केही दिन आराम गरिरहेका पूर्वराजा ज्ञानेन्द्र परिवार थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । उनी पूर्वरानी कोमल, नातिनीद्वय कीर्तिका र पूर्णिकासहित केही टोली थाइल्याण्ड जान लागेका हुन्। पूर्व युवरानी हिमानी, भान्छे, सुसारे र केही सहयोगीसहितको टोली थाइल्याण्ड गएका छन् ।
निर्मल निवास स्रोतका अनुसार उनी करिब एक महिना बसाइँको लागि थाइल्याण्ड जान लागेका हुन्। ज्ञानेन्द्रका साथमा निजी सचिव सागर तिमल्सिना र सुरक्षा गार्ड हुनेछन् । गएको फागुनमा परिवारसहित झापास्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन टी स्टेटमा बसेका ज्ञानेन्द्र परिवारसहित थाइल्याण्ड जान लागेका हुन् । यो समाचार आजको नेपाल समाचारपत्रबाट लिइएको हो।
ज्ञानेन्द्र शाह