हवाइजहाजलाई अटो मोडमा राखेर १५ वर्षे किशोरीसँग लीला गर्ने पाइलट जेल जाने
डेलिमेल । उडिरहेको जहाजलाई अटो पाइलट मोडमा राखेर १५ वर्षकी बालिकासँग यौनसम्बन्ध राख्ने ५३ वर्षका एक अमेरिकी करोडपति जेल जाने निश्चित जस्तै भएको छ ।
स्टेफन ब्रेडली मेल नामका करोडपतिलाई सन् २०१८ डिसेम्बरमा बालिकासँग यौनसम्बन्ध राखेको आरोप लागेको थियो । यो आरोपको मंगलबार फैसला हुँदैछ ।
१५ वर्षकी किशोरीलाई उनकी आमाले हवाई जहाजबारे केही सिक्न स्टेफनसँग जहाजमा पठाउने गरेकी थिइन् । तर स्टेफेनले हावामा जहाजलाई अटो मोडमा राखेर किशोरीसँग शारीरिक सम्बन्ध राख्दै आएका थिए । यो क्रम केही महिनासम्म चलेको बताइन्छ ।
तीन सन्तानका पिता स्टेफेनले आफ्नै च्यारिटी ट्रष्ट सञ्चालन गरेका थिए । अमेरिकाभर मेडिकल सहयोगका लागि उनको च्यारिटी तुरुन्तै पुग्ने गर्दथ्यो । उनको घरमै हेलिप्याड थियो । १६ वर्षको हुँदै स्टेफेनले विमान उडाउने अनुमति पत्र प्राप्त गरेका थिए । स्टेफेनले ती किशोरीलाई मुख मैथुन कसरी गर्ने ? भन्ने प्रश्न पनि टेक्स्टमा सोधका थिए । जसका कारण उनलाई लामो कारावासको सजाय हुने अनुमान गरिएकोछ ।