मिडिया काउन्सिल विधेयक पारित हुँदा श्रेष्ठलाई घाटा
काठमाडौं। संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक पारित भएमा प्रेस काउन्सिल खारेज हुन्छ र काउन्सिलका वर्तमान कार्वाहक अध्यक्ष किशोर श्रेष्ठले एउटा महत्वपूर्ण मौका गुमाउनेछन् ।
प्रेस काउन्सिल खारेज नभएको खण्डमा अध्यक्ष पदमा बहाल रहेका श्रेष्ठ अन्तर्राष्ट्रिय प्रेस काउन्सिलको अध्यक्ष हुनेछन् । तर सदनले मिडिया काउन्सिल विधेयक पारित भएमा प्रेस काउन्सिल स्वत: खारेज हुनेछ र नियुक्ति पाएका सबै पदमुक्त हुनेछन् । त्यस्तो भएको खण्डमा श्रेष्ठ पनि पदमुक्त हुनेछन् र अन्तर्राष्ट्रिय प्रेस काउन्सिलको अध्यक्ष बन्ने मौका गुमाउनेछन् ।