मुख्य समाचार समाज

बलात्कारी आशाराम बापुसँग स्वामी आनन्द अरुणको अदालतमै तुलना हुँदा...

बलात्कारी आशाराम बापुसँग स्वामी आनन्द अरुणको अदालतमै तुलना हुँदा...

काठमाडौं । हत्या र बलात्कारको आरोप प्रमाणित भएपछि आजीवन कारावास भोगिरहेका भारतका धर्मगुरु आशाराम बापुसँग मंगलबार जिल्ला अदालत काठमाडौंमा ओशो तपोवनका मालिक स्वामी आनन्द अरुणको तुलना भयो । 

 

के अरुण स्वामी आशाराम बापुसँग तुलना हुन्छन् ? भन्ने पत्रकारको प्रश्नमा ‘आफूले पनि यस्ता कुरा बाहिर सुन्ने गरेको’ भन्ने जवाफ दिँदा स्वामी आनन्द अरुणले आफ्नो हनुमानभक्ति गर्ने संस्था दूरुपयोग गर्दै उनकै पूर्वअनुयायी अंशु गुरुङविरुद्ध मुद्दा दर्ता गराएको विषयले ओशो सन्यासीहरुमा तरंग पैदा गरेको छ । 

 

नेपालआजसँगको अन्तर्वार्ताका क्रममा अंशुले बोलका विषयहरुले सामाजिक विद्वेष फैल्याएको, घृणा उत्पन्न गराएको जस्ता आरोप लगाएर राज्यसंयन्त्रलाई प्रभावमा पारेर उनीविरुद्ध साइबर अपराधको मुद्दा दर्ता गरिएको छ ।

 

सो मुद्दाको थुनछेक बहस मंगलबार जिल्ला अदालत काठमाडौंमा हुँदा न्यायाधीशलाई प्रभाव पार्न अरुणकुमार सिंह उर्फ स्वामी आनन्द अरुणको बिल्डिङ डिजाइन अथोरोटी (विडिए) नामक कम्पनीका १५ जना कर्मचारी, ओशो तपोवनका २० जना जति कर्मचारी र बाँकी फुर्सदिला विद्यार्थीहरु उठाएर सुदीप पौडेलको टोली अदालत पुगेको थियो । सुदीप पौडेल अरुणकुमार सिंहका बिडिए साझेदार हुन् । आशाराम बापुसँग तुलना गरिएपछि अरुणकुमारको मानहानी भएको भन्दै मुद्दा हाल्ने पौडेल नै हुन् । 

 

अरुणकुमार सिंहको मानहानी भएको हो भने उनी स्वयं किन न्याय माग्न अदालत पुगेनन् ? भन्ने प्रश्न पनि उठ्यो । आफैं न्याय माग्न नआउने तर अरुलाई प्रयोग गरेर सत्य बोल्नेहरुलाई तह लगाउने अरुणकुमारमा शैली देखिएपछि अदालत सोच्न बाध्य भएको थियो । 

 

महिला सन्यासीबाट खुट्टामा मसाज गराएको तस्बीर देखाउँदै अंशु पक्षका अधिवक्ता शंकर लिम्बुले आशाराम र स्वामी आनन्द उस्तै भएको तर्क गर्दा पौडेलले उठाएर ल्याएकाहरु रुन थाल्थे । जब अरुणकुमार पक्षका अधिवक्ताले ‘अंशुलाई थुन्नुपर्छ श्रीमान्’ भनेर तर्क गर्थे तब उनीहरु ताली बजाउँथे । 

 

अदालतमा यस्तो हर्कत गराउन मान्छे उठाएको देखेपछि अंशुतर्फका अधिवक्ताले भने, ‘हुल उठाएर न्याय पाइने भए आशाराम बापुका ५० हजार चेलाहरुले अदालत घेरेका थिए । तर आज उनी जेलमा छन् । मानिसहरुको हुलका आधारमा न्याय हुन सक्दैन ।’ भन्ने तर्क गरेपछि अंशुलाई थुन्नुपर्छ भन्ने विपक्षीको दावी अदालतले अस्वीकार गर्यो । 

 

अंशुलाई ५० हजार धरौटीमा रिहा गर्ने आदेश अदालतले गर्‍यो । 


ब्रेस्ट क्यान्सरबाट पीडित अंशु महिलाअधिकारकर्मी हुन् । उनीविरुद्ध राज्य संयन्त्रको दूरुपयोग गरेर मुद्दा दर्ता गरेको पाइएपछि महिला तथा मानवअधिकारको क्षेत्रमा काम गर्ने अधिवक्ताहरुका ‘एसडब्लुएलडी’, ‘एलएसी’, ‘इन्वल्याग’, ‘लहुर एनआइपी जस्ता संगठनले पनि प्रतिनिधि अधिवक्ताहरु पठाएका थिए । उनीहरुले अंशुको पक्षमा वकालत गरेका थिए । 
 

 

एक ओशो सन्यासी महिलाले अरुणकुमार सिंहको खुट्टामा मसाज गराइरहेको तस्वीर फेसबुकमा सार्वजनिक गर्ने र त्यसमा लाइक मात्रै गर्नेविरुद्ध पनि राज्यसंयन्त्रलाई प्रभावमा पारेर अरुणकुमार सिंहले साइबर अपराधमा मुद्दा दर्ता गराउन सफल भएका छन् । 

नेपालआजले सो तस्बीर यसअघि पनि सार्वजनिक गरेको थियो । तर अरुणकुमार सिंह र आशाराम बापुसँग स्वभाव किन मिल्छ ? किन मिल्दैन भन्ने छुट्टयाउन सहयोग गर्ने अन्य तस्बीर पनि नेपालआजलाई उपलब्ध भइरहेका छन् । 
 

 

र यो पनि 

रामबहादुर बम्जन र स्वामी आनन्द अरुणबीच कति समानता, कति असमानता ? 

अनि स्वामी आनन्द अरुणलाई भेट्न मनले मानेन (भिडियोसहित)

बलात्कारकाे आरोप लागेका बमजन पूर्वजन्ममा ठूला तपस्वी भएको स्वामी आनन्द अरुणको दावी

रामरहिम र आशाराम बापुको पथमा नलागून स्वामी आनन्द अरुण 

स्वामी आनन्द अरुणको पोखरामा मूर्ति छ, दिनहुँ पुजा हुन्छ (भिडियोसहित)

परस्त्रीबाट आफ्नो खुट्टा मसाज गराउने आनन्द अरुणले झुठा मुद्दा थपे 

सरकारी जग्गामा आनन्द अरुणको वक्रदृष्टि, स्वामी हुन् कि भू–माफिया ? 

‘आनन्द अरुण मैले सुसाईड गरेको हेर्न चाहन्छन्’

स्वामी आनन्द अरुण स्वामी आशाराम बापु  अरुणकुमार सिंह बिल्डिङ डिजाइन अथोरोटी (विडिए)

विशेष