राजनीति

अमेरिकी राजदूत र्‍यान्डीसँग परराष्ट्रले लियो स्पष्टीकरण

अमेरिकी राजदूत र्‍यान्डीसँग परराष्ट्रले लियो स्पष्टीकरण

काठमाडौँ : नेपाली जनतासँग सामाजिक सञ्जालमा प्रत्यक्ष अन्तरसंवाद गर्ने उद्घोषपछि विवादमा आएका अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई परराष्ट्र मन्त्रालयले बोलाएर जानकारी लिएको छ ।

परराष्ट्र सचिव शंकरदास बैरागीले बुधबार दिउँसो मन्त्रालयमा बोलाइएका राजदूत बेरीसँग करिब आधा घण्टा ‘राजदूतसँग गफगाफ’ कार्यक्रमलगायत विषयमा जिज्ञासा राखेका थिए । सचिव बैरागीले राजदूत बेरीसँग मन्त्रालयमा भेटवार्ता भएको पुष्टि गरे पनि कुराकानीबारे बताउन मानेनन् । कुराकानी नेपाल–अमेरिका द्विदेशीय हितबारे केन्द्रित रहेको प्रतिक्रिया मात्र दिए ।

राजदूत बेरीको फेसबुक भिडियो सन्देश सार्वजनिक भएलगत्तै सचिव बैरागीले मंगलबार ‘यसरी स्वेच्छाले एउटा कूटनीतिक अधिकारीले संवाद गर्न नमिल्ने’ प्रतिक्रिया दिएका थिए । परराष्ट्र स्रोतका अनुसार बेरीले नेपाल र नेपाली जनतासँग अमेरिकी सरकार जोडिएको ७२ वर्ष भइसकेको भन्दै कूटनीतिको एउटा अंगका रूपमा आपसी संवाद र परामर्श जारी रहेको सचिव बैरागीलाई स्पष्ट पारेका थिए ।

उनले ‘राजदूतसँग गफगाफ’ अहिलेसम्म जारी रहेका अमेरिकी सहयोगका कार्यक्रम तथा अमेरिकी शासन प्रणाली, शिक्षा र पद्धतिमाथि सर्वसाधारणका सरोकारबारे एकमुष्ट जानकारी दिने ‘प्लेटफर्म’ मात्रै रहेको भन्दै ‘यसलाई अन्यथा रूपमा नलिन’ आग्रह गरेका थिए । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

अमेरिकी राजदूत अमेरिकी राजदूत र्‍यान्डी बेरी

विशेष