संविधानमा महिला, पुरुषको समान अधिकार– राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले नै महिलाको अधिकार सुनिश्चित गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै जागरुक हुन आवश्यक रहेको बताउनुभयो ।
मानवअधिकारका लागि एकल महिला समूहको २५ औं रजतजयन्तीका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले संविधानमा महिला–पुरुषको समान अधिकार स्थापित भएकाले यसको व्यावहारिक कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।
एकल महिलाका लागि सरकारले सामाजिक सुरक्षाको व्यवस्था गरेको भन्दै उहाँले उनीहरुलाई आर्थिक एवं सामाजिक परिवर्तनका लागि अग्रसर गराउनु अहिलेको आवश्यकता रहेको जिकिर गर्नुभयो ।
त्यस्तै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले एकल महिलाको अधिकार कानुनतः स्थापित भएपनि सामाजिक, सांस्कृतिक एवं आर्थिक हिसाबले भेदभावको अवस्था कायम रहेकाले यसविरुद्ध सबै जुट्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले एकल महिलाको सुविधाका लागि निर्माण गरिएको सुरक्षित सेवागृहको शुभारम्भ र्नुभएको थियो ।