माधव नेपाललाई प्रमुख अतिथि बनाउँदा राजनीतिक कित्ताकाट
गौर। रौतहट सदरमुकाम गौरमा आज एक कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल देखिए । उक्त कार्यक्रमका उनी प्रमुख अतिथि हुन् । जिल्ला समन्यव समिति, रौतहटको दोस्रो जिल्ला सभा गौरस्थित जिससको सभा हलमा आयोजित छ र त्यसमा नेता नेपाल प्रमुख अतिथि हुन् ।
गृहजिल्लाको कार्यक्रममा नेता नेपाल पुग्नु स्वभाविक मान्न सकिन्छ तर त्यहाको राजनीतिक परिवेशले भने यसलाई पचाएको छैन् । यसअघि निर्वाचित सांसद हुँदा पनि माधव नेपाललाई कहिल्यै पनि यसरी कार्यक्रममा बोलाइएको थिएन् । हाल जिससको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ भने सह नेतृत्व समाजवादी पार्टी, नेपालले गरिरहेको छ । यही बेला कम्युनिष्ट नेतालाई कार्यक्रममा बोलाइदा जिल्लामा दलगत प्रतिक्रिया आउन थालेको छ । स्थानीय नेताहरु एक अर्कामा विभाजित तथा सशंकित बनेका छन् ।
कम्युनिष्ट खेमाले माधव नेपालका पक्षमा अन्य सबै आउनुलाई आश्चर्यको रुपमा लिएका छन् भने अन्य पक्ष आफ्नै नेतृत्वबाट बेखुश बनेको कार्यक्रममा सहभागी एक नेताले बताए । स्थानीयस्तरमा यसको प्रभाव तीव्र रुपमा देखिने एक नेकपाका नेताले जानकारी दिए । त्यस्तै कम्युनिष्ट नेतालाई प्रमुख अतिथि बनाउदा कांग्रेस र समाजवादी पार्टीनिकट नेताहरुले पनि असन्तुष्टि जनाएका छन् ।