बजेटः प्रधानमन्त्री ओलीको तुइन मुक्त योजना कहिले हुने पूरा
काठमाडौं । सरकारले तुइन विस्थापन गर्न ४ अर्ब ३८ करोड छुट्टयाएको छ ।
आर्थिक वर्ष २०७६/७७ को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले यस्तो कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री केपी ओलीले पहिलो कार्यकालमै तुइनमुक्त गर्ने कार्यक्रम थालेका थिए ।
त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा रुपान्तरण गरिने भएको छ । यसका लागि ३ अर्ब ३४ करोड छुट्टयाउने भएको छ । काठमाडौं उपत्याकाको चक्रपथ विस्तारका लागि १ अर्ब ८१ करोड रकम विनियोजन गरेको छ ।