राजनीति

गणतन्त्र विफल पार्न खोज्ने तत्व सफल हुन सक्ने छैनन्– अध्यक्ष साह 

गणतन्त्र विफल पार्न खोज्ने तत्व सफल हुन सक्ने छैनन्– अध्यक्ष साह 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले गणतन्त्र विफल पार्ने कुनै पनि तत्व सफल हुन नसक्ने बताएका छन् । 

 

गणतन्त्र दिवस २०७६ को अवसरमा शुभकामना संदेश जारी गर्दै अध्यक्ष साहले नेपाली समाज अहिले शिशु गणतन्त्रको स्वस्थामा रहेको र गणतन्त्रसहितको नयाँ युगको बाटो आफैमा चुनौतीपूर्ण रहेको बताए । गणतन्त्रलाई अझै जनमुखी बनाउदै यसलाई संस्थागत गर्न गणतन्त्रका लागि लडेका सबै नेपाली लाग्नुपर्ने अध्यक्ष साहको भनाइ छ ।

 

प्रतिगामी तत्वहरु गणतन्त्रलाई विकृत बनाएर यसलाई विफल पार्न र समाजलाइ पछाडि पार्न षड्यन्त्र गरिरहेको हुनाले यसको रक्षा गर्दै मुलुकलाई समाजवादको बाटोमा डोहोर्‍याउन अध्यक्ष साहले सबैलाई एकजुट हुन आव्हान गरेका छन् । राजा फालिएपनि राजतन्त्र कालिन संस्कारबाट प्रभावित हालका जनप्रतिनिधिमा राजाझैं प्रस्तुत भएका कारण जनता निराश भएको र ती कार्यहरु गणतन्त्र विरोधी रहेको बताउदै अध्यक्ष साहले त्यस्ता सोच र संस्कृतिबाट मुक्त हुन सबैलाई ध्यानाकर्षण गराए । 

 

जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त गणतन्त्रको रक्षा गर्न छोडेर प्रदेश नम्बर २ को सरकारलाई राजाजस्तै विलासी जीवनमा डुब्ने र भ्रस्टाचार बढाउने काम नगर्न अध्यक्ष साहले सचेत गराए । 
 

विशेष